मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १५ रुपैयाले घट्यो

मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १५ रुपैयाले घट्यो

काठमाडौं – मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला रु. १५ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला ४ हजार ४१५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो ।

खबरपाटी
खबरपाटी