आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रतिजापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो।
सो अवसरमा राजदूत तोरुले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जापान सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटवार्तामा नेपाल–जापानबीचको आपसी सम्बन्ध तथा विभिन्न क्षेत्रमा भइरहेको सहकार्यका विषयमा समेत छलफल भएको जनाइएको छ।