४.६६ अंकले बढ्यो नेप्से परिसूचक

४.६६ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं - धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अंकले बढेर दुई हजार ५४२ दशमलव ७७ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३१ अंकले बढेर ४४९ दशमलव ५० मा पुगेको छ। 

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव १५ अंकले बढेर १७४ दशमलव ३५ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अंकले बढेर  १५१ दशमलव ७३ मा पुगेको छ। विभिन्न कम्पनीका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर रु तीन अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ मूल्यमा खरिद बिक्री भएको छ। 

आज १३ उपसमूहमध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ। आज १४५ कम्पनीको सेयर बढ्यो भने १२३ कम्पनीको सेयर घट्यो। त्यसैगरी, १० कम्पनीको सेयर स्थिर रह्यो। 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर कम्पनी, आशा लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी, आज पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त कम्पनी रक सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

खबरपाटी
खबरपाटी