आज सुनचाँदीको मूल्यमा उच्च गिरावट

आज सुनचाँदीको मूल्यमा उच्च गिरावट

काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।  सुनको मूल्य प्रतितोला रु आठ हजार ८०० र चाँदीको मूल्य  रु १८५ ले गिरावट आएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९७ हजार ३०० र  चाँदीको मूल्य रु चार हजार ५८० कायम भएको छ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ थियो।

 

खबरपाटी
खबरपाटी