आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।