काठमाडौं - हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा–भीमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी सवार स्कर्पियो दुर्घटनाका चार जना घाइतेहरुलाई हेलीकोप्टरमार्फत उपचारका काठमाडौं लगिएको ल्याइएको छ।
थप उपचारका लागि काठमाडौं पठाएकामा उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगीसहित, लक्ष्मी वडु, रीता वडु र रितेन्द्र वडुलाई लगिएको प्रहरीले जनाएको छ। लक्ष्मी वडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अन्य २ जना घाइतेको उपचार हेटौंडामा उपचार भइहरको छ। घाइते लक्ष्मी, रीता, रितेन्द्र उच्च अदालत जनकपुर वीरगन्ज इजलासका रजिष्ट्रार तारादत्त वडुका परिवार हुन्। उक्त स्कर्पियोमा रजिष्ट्रार तारादत्त पनि थिए। उनी सामान्य घाइते भएका छन् र चालक सुन्नीलाल चौधरी पनि सामान्य घाइते भएका छन्।
आज बिहान काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश—३-०१-००२ झ ५१८३ नम्बरको सरकारी स्कर्पियो सडकको डिभाइडरमा ठोक्किएर करिब ५० मिटर तल खसेको थियो।