आज पनि काठमाडौंका सात स्थानबाट ग्यास बिक्री हुँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

आज पनि काठमाडौंका सात स्थानबाट ग्यास बिक्री हुँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं - नेपाल आयल निगमले आज ग्यास वितरणका लागि सात विक्री केन्द्र तोकेको छ।

निगमले सात विक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास विक्री गर्ने जनाइएको छ। निगमको सूचना अनुसार टेकु परिसरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ग्यास वितरण हुनेछ।

पशु सेवा शाखा चपली बुढानीलकण्ठमा नेपाल, एचपी र भानु उपलब्ध हुनेछ। यस्तै,राधास्वामी, कीर्तिपुरमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया विक्री हुनेछ। नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास वितरण हुनेछ।

यस्तै, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ग्यास वितरण हुने निगमले जनाएको छ। चन्द्रागिरी नगरपालिकाबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया वितरण हुनेछ भने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट÷सुगम र एसटीसी विक्री हुने निगमले जनाएको छ।

निगमले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित ग्यास विक्री केन्द्रमा आउन उपभोक्तालाई आग्रह गरेको छ।

निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान खाना पकाउने ग्यास विक्री गरेको थियो। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा पाँच विक्री केन्द्र तोकेको थियो। सबैभन्दा बढी निगमको टेकु परिसरबाट दुई हजार २९० ग्यास सिलिण्डर विक्री भएको छ।

यस्तै, बबरमहल केन्द्रबाट १६०० थान र कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२  थान ग्यास विक्री भएको निगमले जनाएको छ। यस्तै, यातायात कार्यालय चाबहिलबाट ७२० र राधास्वामी केन्द्रबाट ६०० ग्यास सिलिण्डर विक्री भएको हो।

यस्तै, बालाजुबाट ५०० थान र साल्ट ट्रेडिङ जडिबुटी तथा कालिमबाटी काउन्टरबाट ३३० ग्यास विक्री भएको हो।

खबरपाटी
खबरपाटी