काठमाडौं – जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकीकरण भएपछि दुवै पार्टीको केन्द्रीय समिति समायोजन गरी नयाँ केन्द्रीय समिति गठन गरिएको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवका अनुसार पार्टी विधानको धारा ८७ को उपधारा २ बमोजिम नयाँ केन्द्रीय समिति गठन गरिएको हो ।
नवगठित केन्द्रीय समितिको संरक्षकमा महन्थ ठाकुर रहेका छन् भने अध्यक्षमा उपेन्द्र यादव छन् । सहअध्यक्षमा शरत्सिंह भण्डारी र वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन् ।
उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन् ।
त्यस्तै महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्रकुमार झा चयन भएका छन् । ७ जना उपमहासचिव र ११ जना सचिव रहेका छन् ।
कोषाध्यक्षको जिम्मेवारी सुरिता कुमारी साहले पाएकी छन् ।