एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल आज नेपाल आइपुग्ने

एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल आज नेपाल आइपुग्ने

काठमाडौँ - कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल आज नेपाल आइपुग्ने जनाएको छ।
‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो।
उक्त मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी शुरु भएको थियो। बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ ९ब्यागिङ० को काम भइरहेको जनाइएको छ।
प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ। मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ।

खबरपाटी
खबरपाटी