आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्।
प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। तर, उनीहरूको राजिनामा स्वीकृत भइसकेको छैन।
राजीनामा बुझाएर मार्गप्रशस्त गरेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले बताए।
प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी थिए।
मन्त्रीहरुले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
एमालेका यामलाल कँडेल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री छन्।