वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुबस भीरमा खस्दा कम्तीमा ४० जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दाना सार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तीब्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुंगैढुंगा भएको भीरमा खसेको प्रारम्भिक अनुमान छ । घटनास्थल बलुचिस्तान र खैबर पाख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो । घाइतेको उपचार भैरहेको छ ।