काठमाडौं - लोपोन्मुख राउटे समुदायका प्रतिनिधिहरूले आफ्नो परम्परागत सीप, कला, भाषा, संस्कृति र मौलिक पहिचानकोसंरक्षणतथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गर्दै राउटे समुदायका प्रतिनिधिहरूलेआफ्नोपरम्परागत जीवनशैली र सांस्कृतिक पहिचान जोगाउन राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्रीसीताबादीको उपस्थितिमा भएको छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिकोसंरक्षण,सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्ने विषयमा छलफल भएको थियो।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीपको संरक्षण गर्नु राज्यको दायित्वभएकोउल्लेख गर्दै यसका लागि सरकार सकारात्मक रहेको बताउनुभयो।
उहाँले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी समुदायको परम्परागत सीपलाई आयआर्जनसँग जोड्ने, भाषा तथाकलाकोसंरक्षण गर्ने र आवश्यक सामाजिक सुरक्षाको व्यवस्था मिलाउने दिशामा काम गर्नुपर्ने बताउनुभयो।
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले यससम्बन्धी आवश्यक समन्वय र व्यवस्था मिलाउन महिला, बालबालिका, लैङ्गिक तथा यौनिकअल्पसङ्ख्यकतथा सामाजिक सुरक्षामन्त्री सीता बादीलाई निर्देशनसमेत दिनुभएको छ।
राउटे समुदायको मौलिक पहिचान जोगाउँदै उनीहरूको परम्परागत सीपलाई जीविकोपार्जनसँग जोड्ने तथा सामाजिक सुरक्षामापहुँचविस्तार गर्ने विषयलाई छलफलले प्राथमिकता दिएको छ।