कांग्रेसको शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरूको बैठक शुरु

कांग्रेसको शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरूको बैठक शुरु

काठमाडौँ - नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरूको बैठक शुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक बसेको हो । 

बैठकमा खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, र  महालक्ष्मी उपाध्याय ‘डिना’, श्याम घिमिरे र मोहनबहादुर बस्नेतलगायत नेता उपस्थित छन् । 

बैठकमा पार्टीको आन्तरिक विवादबारे छलफल हुने जानकारी दिइएको छ। 

खबरपाटी
खबरपाटी