टर्की विश्वकपको समूह चरणबाटै बाहिरियो

टर्की विश्वकपको समूह चरणबाटै बाहिरियो

काठमाडौं – पाराग्वेसँगको हारसँगै टर्की विश्वकपबाट बाहिरिएको छ। समूह ’डी’ अन्तर्गतको दोस्रो खेलमा टर्की १–० ले पराजित भएको हो।

पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए। उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो।टर्की समूह चरणको पहिलो खेलमा अष्ट्रेलियासँग २–० ले पराजित भएको हो। विश्वकप २०२६ मा पाराग्वेले पहिलो जित दर्ता गराएको छ। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएको थियो।

खबरपाटी
खबरपाटी