नेपालका कम्युनिष्ट पार्टी जनजीवनसँग जोडिन सकेनन् : जनार्दन शर्मा

नेपालका कम्युनिष्ट पार्टी जनजीवनसँग जोडिन सकेनन् : जनार्दन शर्मा

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालमा कोही सच्चा कम्युनिष्ट छ भन्दै चुनौती दिएका छन्। 

काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कम्युनिष्टहरू भ्रष्टाचारमा लिप्त भएका कारण कम्युनिष्टहरूको जनसमर्थन घटेको उनले बताएयस्तो चुनौती दिएका हुन्।

उनले नेपालमा वास्तविक कम्युनिष्ट पार्टी छ कि छैन भन्ने विषयमा गम्भीर बहस गर्नुपर्ने बताए। कुन सिद्धान्तका आधारमा कसलाई कम्युनिष्ट पार्टी भन्ने हो ? उनको प्रश्न छ। उनले नेपालका कम्युनिष्ट पार्टीहरू जनताको जीवनसँग जोडिन नसकेको आरोप लगाए।

उनले उत्पीडित वर्ग, जाति, क्षेत्र, भाषा र लिंग समुदायको नेतृत्व गर्न र उनीहरूको जीवनमा परिवर्तन ल्याउन कम्युनिष्ट असफल भएको दाबी गरे।

सुकुमवासीहरू विस्थापित हुनुपर्ने, तल्लो वर्ग राज्यका साधन–स्रोतबाट वञ्चित रहनुपर्ने तथा भाषिक, सांस्कृतिक, वर्गीय र जातीय विभेद कायम रहनु कम्युनिष्ट आन्दोलनको कमजोरीको प्रमाण भएको उनको कथन छ।

वर्तमान राजनीतिक अवस्था आउनुमा कम्युनिष्ट दलहरूकै कमजोरी मुख्य कारण भएको उनको भनाइ छ। जनताका समस्यामा दृढतापूर्वक उभिन नसक्नु र भ्रष्टाचारमा लिप्त भएका कारण कम्युनिष्टहरूको जनसमर्थन घटेको उनले बताए।

शर्माले भने, ‘कसलाई कुन सिद्धान्तका आधारमा कम्युनिष्ट पार्टी मान्ने? कम्युनिष्ट पार्टी जनतासँग जोडिएकै छैन र जोडिनै चाहन्न भन्ने देखियो। साँच्चिकै कम्युनिष्ट पार्टी छ त आज नेपालमा? यो बहस आवश्यक छ।’

उनले क्रान्तिकारी मार्क्सवादी दिशाबाट मात्र समाज रूपान्तरण सम्भव हुने बताए। आफूले यही कुरा तत्कालीन माओवादी पार्टीमा उठाउँदा आफू निकालिनु परेको उनको गुनासो छ।

खबरपाटी
खबरपाटी