अस्ट्रियाले जोर्डनविरुद्ध पहिलो हाफसम्म १-० को अग्रता बनायो

अस्ट्रियाले जोर्डनविरुद्ध पहिलो हाफसम्म १-० को अग्रता बनायो

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत समूह जेको खेलमा अस्ट्रियाले जोर्डनविरुद्ध पहिलो हाफसम्म १-० को अग्रता बनाएको छ। 

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको यस रोमान्चक खेलमा अस्ट्रियाले सुरुवातदेखि नै बलियो पकड जमाएको छ।

खेलको २० औँ मिनेटमा अस्ट्रियाका मिडफिल्डर रोमानो श्मिडले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्। खेलमा अस्ट्रियाले ८० प्रतिशतभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखेर दबाब सिर्जना गरिरहेको छ।

अस्ट्रिया सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्दैछ भने जोर्डनको यो ऐतिहासिक पहिलो विश्वकप यात्रा हो। 

यसअघि भएको समूह जेको पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरिसकेको छ, जसमा लियोनेल मेस्सीले शानदार ह्याट्रिक गरेका थिए।

खबरपाटी
खबरपाटी