आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – आगामी भदौ ७ गतेदेखि फ्लाई दुबईले पोखराबाट नियमित हवाई उडान गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणकाअनुसार पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको हो।