नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं – नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै एसिया कपमा छनोट भएन।

क्वाटरफाइनलमा आज भएकव् खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भयो।  

थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनायो। 

सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एसयिा कपमा पुगेको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र, एसिया कपमा छनोट भएको छ।

खबरपाटी
खबरपाटी