‘नेपालले पनि भारतको भूमि मिचेको छ’भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‍मा परराष्ट्रमन्त्रीले सच्याए

‘नेपालले पनि भारतको भूमि मिचेको छ’भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‍मा परराष्ट्रमन्त्रीले सच्याए

काठमाडौँ – ‘नेपालले पनि भारतको भूमि मिचेको छ’भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‍मा परराष्ट्रमन्त्रीले सच्याएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री खनालले नेपाल–भारत दुवैतर्फबाट ‘क्रस बोर्डर अकुपेसन’ भएको प्रतिक्रिया दिए।

उनले दशगजा अतिक्रमणको दृष्टान्त दिँदै एक देशबाट गएर/आएर अर्को  देशमा खेतीपाती गर्ने क्रम चलिरहेको भन्दै ‘क्रस बोर्डर अकुपेसन’ को समस्या विद्यमान रहेको पनि उनले बताए।

उनले यो समस्या समाधानका लागि दुवै देशबीच सहकार्य भइरहेको बताए। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र भारतसँग निरन्तर संवाद भइरहेको जानकारी गराए। उनले दुई देशबीचको सीमा समस्यामा तेस्रो देशलाई ल्याउन नखोजेको भनी प्रधानमन्त्रीको बचाउ गरे।

परराष्ट्रमन्त्री खनालले  लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र नेपालको अभिन्न भूभाग रहेको विषयमा सरकारको अडान रहेको दोहोर्‍याए। 

खबरपाटी
खबरपाटी