रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक जारी रहेको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए।
बैठकमा वर्तमान राजीतिक अवस्था, सदनको गतिरोध लगायतमा विषयमा छलफल भइरहेको छ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनसहित प्रमुख सचेतक, सचेतकहरू उपस्थित छन्।
नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा विपक्षीले सदन अवरुद्ध पार्दै आएका छन्। सोही विषय छलफलको मुख्य मुद्दा रहेको छ।