राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झापाको प्रथम जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी सभापतिमा निर्वाचित भएका छन्।
गएराति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले ३४१ मतका साथ आफ्ना दुई जना प्रतिस्पर्धीलाई पराजित गर्नुभएको हो।
उनका निकटतम प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनाली २५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका भए। उनले २१० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ता तामाङले १९८ मत, लीला खड्काले १११ मत र देव सङ्ग्रौलाले ९३ मत प्राप्त गरे।
सचिव पदमा विरोध सुवेदी निर्वाचित भए भए। सुवेदीले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत गरे।
सहसचिव पदमा भीमबहादुर कुँवर ३५२ मतसहित विजयी बने। उनका प्रतिस्पर्धी राजेन्द्र खनालले १९३ मत र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत प्राप्त गरे।
जातीय ‘क्लस्टर’तर्फको सदस्य पद राजनारायण राजवंशी २१२ मतसहित निर्वाचित भए। उक्त पदका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरे।
खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने २२९ मत, शान्तिमाया न्यौपाने २१४ मत र मुना सापकोटा ११९ मतसहित निर्वाचित भए।
अधिवेशनले क्षेत्रीय नेतृत्व पनि चयन गरेको छ। क्षेत्र नम्बर १ को सभापतिमा कमल गौतम, क्षेत्र नम्बर २ मा गोपाल कट्वाल, क्षेत्र नम्बर ३ मा कमल बानियाँ, क्षेत्र नम्बर ४ मा लीलामाया बस्नेत तथा क्षेत्र नम्बर ५ मा चुडामणि पाठक निर्वाचित भए।