सोमबार सुनको भाउ सामान्य घट्यो,कतिमा हुँदैछ त कारोबार ?

सोमबार सुनको भाउ सामान्य घट्यो,कतिमा हुँदैछ त कारोबार ?

नेपाली बजारमा आज (सोमबार)सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ। 

आइतबार तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी