काभ्रे – विश्व दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सञ्चालन भइरहेको साताव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन काभ्रेपलाञ्चोकको नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ।
नेपालमा पहिलो डेरी स्थापना भएको ऐतिहासिक स्थल नालामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रमेश दाहालको सभापतित्व रहेको थियो भने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य तथा नेपाल डेरी एसोसिएसनका संस्थापक सदस्य राजन प्रसाद दाहाल, बोर्ड सदस्य रामभक्त दाहाल, बनेपा नगरपालिका पशु सेवा शाखा प्रमुख चिरञ्जीवी शर्मा, नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला, केन्द्रीय सदस्य नवराज तिमल्सिना, नुवाकोट अध्यक्ष दीपक ढुङ्गाना, राष्ट्रिय दुग्ध विकास बोर्डकी प्रशिक्षक नमुना खतिवडा, कर्मा ग्रुपका प्रतिनिधि डा. योगेन्द्र राणा, वडा सदस्यहरू, दुग्ध सङ्कलक तथा स्थानीय दुग्ध उत्पादक किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट स्वच्छ दूध उत्पादन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो। त्यस्तै कर्मा ग्रुपका प्रतिनिधि डा. योगेन्द्र राणाले डेरी क्षेत्रमा प्रयोग हुने “डेरी कमाण्डर” जुन झिँगा तथा किरा फट्याङ्ग्रा नियन्त्रण गर्ने औषधिको प्रयोग र त्यसले दूध उत्पादनमा पार्ने प्रभावबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य नवराज तिमल्सिनाले नाला क्षेत्रको दूधले काठमाडौंको बजारमा ठूलो हिस्सा ओगटेको उल्लेख गरे। वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमलाले दुग्ध क्षेत्र अत्यन्त सम्मानित पेशा भएको र यसले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए। बनेपा नगरपालिका पशु सेवा शाखा प्रमुख चिरञ्जीवी शर्माले नेपाल डेरी एसोसिएसनले सञ्चालन गरेको यस्तो कार्यक्रमको प्रशंसा गर्दै यस्तै कार्यक्रमले किसानलाई प्रत्यक्ष लाभ पुग्ने धारणा व्यक्त गरे।
नेपाल डेरी एसोसिएसनका संस्थापक सदस्य तथा राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य राजन प्रसाद दाहालले नाला क्षेत्रले नेपालकै डेरी इतिहास बोकेको स्मरण गराउँदै २००९ सालमा यहाँ पहिलो डेरी स्थापना भएको इतिहास उल्लेख गरे। उनले ऐतिहासिक स्थल तथा भग्नावशेषको संरक्षण आवश्यक रहेको बताउँदै यसतर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए।
प्रमुख अतिथि तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले नेपालमा दुग्ध क्षेत्रले उत्पादन, उपभोग तथा ग्रामीण रोजगारीमा पुर्याएको योगदानको चर्चा गर्दै स्वच्छ दूध उत्पादनमा विशेष ध्यान दिन सके मात्र गुणस्तरीय दूध उत्पादन सम्भव हुने बताए। उनले देशभर अनिवार्य रूपमा दुई समयमै दुध अनिवार्य संकलन गर्नुपर्ने आवश्यकता समेत औँल्याए।
कार्यक्रमका सभापति तथा वडाध्यक्ष रमेश दाहालले विश्व दूध दिवस जुन १ मा विश्वका धेरै देशमा मनाइने गरिएको जानकारी दिँदै यसको मुख्य उद्देश्य दूध तथा दुग्ध पदार्थको महत्वबारे जनचेतना फैलाउनु र उपभोग वृद्धि गर्नु रहेको बताए।
नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष तथा बोर्ड सदस्य रामभक्त दाहालले साताव्यापी रूपमा देशभर सञ्चालन भइरहेको विश्व दूध दिवस कार्यक्रमले दुग्ध क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूलाई दही चिउरा तथा पनिरको तरकारी सहितको खाजाको व्यवस्था गरिएको जानकारी नेपाल डेरी एसोसिएसनका केन्द्रीय महासचिव हेमचन्द्र खनालले दिएका थिए।
कार्यक्रममा वक्ताहरूले काभ्रे जिल्ला नेपालको दुग्ध क्षेत्रको पहिलो आत्मनिर्भर जिल्ला, सबैभन्दा बढी दूध उत्पादन हुने जिल्ला तथा पहिलो डेरी स्थापना भएको ऐतिहासिक जिल्ला भएकाले यसको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।
विश्व दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सञ्चालन भइरहेको साताव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन काभ्रेपलाञ्चोकको नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ।