सरकारले भोलि आर्थिक वर्ष २०८३र८४ का लागि बजेट सार्वजनिक गर्दै

सरकारले भोलि आर्थिक वर्ष २०८३र८४ का लागि बजेट सार्वजनिक गर्दै

काठमाण्डौ – सरकारले भोलि आर्थिक वर्ष २०८३र८४ का लागि बजेट सार्वजनिक गर्दैछ । नवयुवा आन्दोलनपछिको चुनावमा झन्डै दुईतिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ । चालू आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा यस पटक २ देखि ३ खर्ब धेरै अर्थात् केही महत्त्वाकाङ्क्षी कार्यक्रमसहितको बजेट आउने अपेक्षा छ । बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ ।
रास्वपाले १० वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र ७ वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकाले त्यहीअनुसार बजेट कार्यक्रम समेटिँदैछ ।
स्रोतको चाप भएकाले सामाजिक सुरक्षा भत्ता नबढाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ ।
साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन् ।यसैबीच सङ्घीय संसद् सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ । सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद् भवनमा अहिले प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भोलि दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । बैठकमा प्रतिनिधिसभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पौने ४ बजे नै उपस्थित हुन सूचित गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो ।

खबरपाटी
खबरपाटी