नेप्सेमा उच्च गिरावट : ३३.८३ अंकले झर्‍यो, सूचक २,८३३.०३ मा सीमित

नेप्सेमा उच्च गिरावट : ३३.८३ अंकले झर्‍यो, सूचक २,८३३.०३ मा सीमित

काठमाडौं – सेयर बजारमा आज उल्लेखनीय गिरावट आएको छ। बिहीबार नेप्से ३३.८३ अंकले झरेर २,८३३.०३ बिन्दुमा पुगेको हो।

कारोबारमा ३४२ कम्पनी सहभागी भए पनि तीमध्ये केवल ३१ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। बाँकी २३६ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको मूल्य भने यथावत् रह्यो।

आज कुल २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३१ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

आज रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यिनीसँगै होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डस्ट्रिजका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्।

अर्कोतर्फ, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र भुजुङ हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

खबरपाटी
खबरपाटी