नेपाल प्रहरीले मनायो ‘अप्रिल फुल’

नेपाल प्रहरीले मनायो ‘अप्रिल फुल’

काठमाडौं : आज अप्रिल १। नेपाल प्रहरीले पनि ‘अप्रिल फुल’ मनाएको छ।  ‘तपाईँविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्दै उसले सर्वसाधारणलाई क्यूआर स्क्यान गर्न दिएको छ।

प्रहरीले सचेतनाका लागि रमाइलो शैली अपनाएको हो। 

'तपाईँले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो। आज हामीले मजाक गरेका थियौँ। तर भोलि यस्तै क्यूआरबाट तपाईँ स्क्याममा पनि पर्न सक्नुहुन्छ', उक्त कोड स्कान गरेपछि देखिन्छ, 'स्क्यान गर्नु अघि सधैँ भेरिफाई गर्नुहोस्, सचेत हुनुस।'

खबरपाटी
खबरपाटी