तोलामा ४६ सयले घट्यो सुन

तोलामा ४६ सयले घट्यो सुन

काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ।
सुन तोलामा चार हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० कायम भएको छ।
बिहीबार छापावाल सुनको मोल प्रतितोला  दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो।गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

खबरपाटी
खबरपाटी