आज सुन तोलामा २ हजार ९०० रुपैयाँ घट्यो

आज सुन तोलामा २ हजार ९०० रुपैयाँ घट्यो

काठमाडौं  – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

आज सुन तोलामा २ हजार ९०० रुपैयाँ घट्दा चाँदी तोलामा १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन १४ हजार ६ सयले बढेको सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी ४ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

खबरपाटी
खबरपाटी