मंगलबार सुन तोलाको १६ सय रुपैंयाले घट्यो

मंगलबार सुन तोलाको १६ सय रुपैंयाले घट्यो

काठमाडौं- नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । आज मंगलबार सुन तोलाको १६ सय रुपैंयाले घटेको हो ।

अघिल्लो कारोबार दिन सोमबार सुनको भाउ प्रतितोला २ लाख २ लाख ७५ हजार ५०० रुपैंयामा कारोबार भएको थियो । आज सुन तोलाको २ लाख ७३ हजार ९०० रुपैंया तोकिएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ८० रुपैंयाले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

खबरपाटी
खबरपाटी