साताको पहिलो दिन नेप्से ५४ अंकले बढ्यो,कुन कम्पनीको कति भयो कारोबार ?

साताको पहिलो दिन नेप्से ५४ अंकले बढ्यो,कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौं– साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १ सय ८२ रुपैयाँ ८४ पैसाको कारोबार भएको छ।

आज कुमारी बैंकको सर्वाधिक ८५ करोड ९६ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको ७७ करोड ८७ लाखको कारोबार भयेको छ । आज कारोबारमा आएका मध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रो र भुजुंग हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका मध्ये एनआईसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ भने सुपर मादी हाइड्रोको शेयर मूल्य ३.१५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये ट्रेडिङ समूह बाहेकका सबै उपसूचक बढेका छन् । जस मध्ये  लघुवित्त समूह ४.२१ प्रतिशत बढेको छ भने होटेल समूह ३.०५ प्रतिशत बढेको छ  । त्यस्तै वाणिज्य बैंक समूह २।४९ प्रतिशत तथा विकास बैंक समूह २.४६ प्रतिशत बढेको छ।

खबरपाटी
खबरपाटी