नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं - नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समिति बैठकले विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम नयाँ कार्य समितिलाई पूर्णता दिएको हो।

नाडाका अनुसार मिति २०८० पौष २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी चयन प्रक्रिया सम्पन्न गर्दै २९ सदस्यीय कार्य समिति गठन गरिएको हो।

नयाँ कार्य समितिको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन्। संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्। महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सहकोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्।

संस्थागत सदस्यतर्फ प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन्। साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह चयन भएका छन्।

त्यसैगरी अध्यक्षबाट मनोनित सदस्यका रूपमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्।

यसैबीच, नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले संस्थाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमको समेत आयोजना गरेका छन्। उक्त कार्यक्रममा अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र भावी रणनीतिबारे छलफल गरिएको बताइएको छ।

खबरपाटी
खबरपाटी