नेपाल व्यापार संघको ३३औं साधारण सभा सम्पन्न, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

नेपाल व्यापार संघको ३३औं साधारण सभा सम्पन्न, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं - शनिबार नेपाल व्यापार संघ को ३३औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा व्यवसायी, उद्यमी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल चेम्बर अफकमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उच्च बनाउदै देशभित्रै रोजगारीसिर्जना गर्नुपर्ने बताउनुभएको छ । अधिवेशनमाबोल्दै अग्रवालले मुलुकमा निजी क्षेत्रको सुरक्षा निकै कमजोर रहेकाले बिभिन्नआन्दोलनमा सवै भन्दा बढि क्षति निजि क्षेत्रमा हुने गरेकाले निजी क्षेत्रको मनोबल उच्चबनाउदै देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको हो ।

अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देशको विकासका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । उहाले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन तथा विदेशमा हासिल गरेका अनुभवलाई स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमको मुख्य उद्देश्य युवा उद्यमीहरूलाई प्रोत्साहन गर्दै स्वदेशमै लगानी र रोजगारीका अवसर सिर्जना गर्ने रहेको बताइएको छ। वक्ताहरूले युवाहरूलाई विदेशिनु पर्ने बाध्यता अन्त्य गर्दै नेपालमै केही गरौं भन्ने वातावरण निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा नेपाल व्यापार महासंघ का पदाधिकारीहरू तथा संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

खबरपाटी
खबरपाटी