काठमाडौं – अमेरिकी केन्द्रिय कमाण्डले मंगलवार अमेरिकी सेनाले हर्मोज जलसन्धि नजिकै इरानको तटीय क्षेत्रमा रहेका इरानी मिसाइल साइटहरूमा आक्रमण गरेको बताएको छ।
अमेरिकी सेनाले हर्मोज जलसन्धि नजिकै इरानको तटीय क्षेत्रमा रहेका कडा इरानी मिसाइल साइटहरूमा ५ हजार पाउण्डको गहिरो प्रवेश गर्ने गोलाबारुदहरू प्रयोग गरेको बताएको हो। ती साइटहरूमा रहेका इरानी एन्टी–शिप क्रूज मिसाइलहरूले जलसन्धिमा अन्तर्राष्ट्रिय ढुवानीका लागि जोखिम खडा गरेका थिए।
मंगलवारअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई वाशिंगटन इरानमा आफ्नो आक्रमण अन्त्य गर्न तयार नरहेको बताएका थिए। ट्रम्पले हर्मोज जलसन्धिमार्फत संयुक्त एस्कॉर्ट मिसनको लागि आफ्नो माग धेरै नाटो सदस्यहरू र अमेरिकी सहयोगीहरूले अस्वीकार गरेको बताएका थिए।
उनले नाटोको निर्णयमा निराश भएको र संयुक्तराज्य अमेरिकालाई कसैको सहयोग आवश्यक नरहेको बताउँदै जापान, अष्ट्रेलिया र दक्षिणकोरियाले पनि एस्कॉर्ट कल अस्वीकार गरेका बताएका थिए।
साउदी अरब, इराक, कतार र संयुक्त अरब इमिरेट्स, इरानसँगै, आफ्नो कच्चा तेल निर्यात गर्न यो साँघुरो बाटोमा निर्भर छन्। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण शुरु गरेका थिए। जसका कारण विश्वव्यापी ढुवानीमा बाधा पुग्नुका साथै तेलको मूल्य बृद्धिसँगै विश्व अर्थतन्त्रलाईसमेत हल्लाएको छ।