आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्। 

समूह ‘डी’को एउटा खेल हुँदैछ भने समूह ‘ए’का दुई खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन्। 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे नयाँ दिल्लीमा हुनेछ। दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ। 

दोस्रो खेलमा दिउँसो सवा तीन बजे समूह ‘ए’का पाकिस्तान र नामिबिया भिड्दैछन्। सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ। यो समूहबाट भारत ६ अंकसहित सुपर आठ प्रवेश गरिसकेको छ भने पाकिस्तान र अमेरिका समान चारचार अंक बनाएर सुपर आठको प्रतिस्पर्धामा छन्। 

यो खेल श्रीलंकाको कोलम्बोमा हुँदैछ। आजको अन्तिम खेलमा समूह एकै भारत र नेदरल्यान्ड्स भिड्दैछन्। यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमेवादमा सुरु हुनेछ। 

अघिल्लो चरण गइसकेको भारत आजको खेलमा जित निकाल्दै समूह विजेता बन्न चाहन्छ।

खबरपाटी
खबरपाटी