बङ्गलादेशमा बीएनपी अध्यक्ष रहमानले आज प्रधानमन्त्रीको शपथ लिँदै

बङ्गलादेशमा बीएनपी अध्यक्ष रहमानले आज प्रधानमन्त्रीको शपथ लिँदै

बङ्गलादेशको बङगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का अध्यक्ष तारिक रहमानले आज नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँको शपथग्रहण समारोहमा शेख हसिनालाई आश्रय दिइरहेको छिमेकी भारतसहित १३ देशका अतिथिलाई निम्ता गरिएको छ ।

रहमानको शपथ समारोह परम्परागत रूपमा राष्ट्रपति भवनमा नभई ढाकामा रहेको राष्ट्रिय संसद् भवन परिसरको साउथ प्लाजामा आयोजना गरिएको छ । स्थानीय समय अनुसार बिहान १० बजे सांसदको शपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथको तयारी भैरहेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेशले निमन्त्रणा पठाएका १३ देशमा नेपालसहित चीन, भारत, मलेसिया, साउदी अरब, टर्कीए, पाकिस्तान, युएइ, कतार, ब्रुनाइ, श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । गएको बिहीबार सम्पन्न चुनावमा बीएनपीले दुई–तिहाईभन्दा धेरै सिट जितेको छ ।

बङ्गलादेशको संसद्मा कुल ३ सय ५० सिट छ । त्यसमध्ये ५० सिट महिलाका लागि आरक्षित छ । सहयोगी दलहरू समेत जोड्दा बीएनपी नेतृत्वको गठबन्धनले कुल २ सय १२ सिटमा जित हासिल गरेको हो ।

खबरपाटी
खबरपाटी