काठमाडौं - सिजी इलेक्ट्रोनिक्स अन्तर्गत विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना छनोट गरिएका डिलरहरूलाई भारतको मुम्बईस्थित **Wankhede Stadium**मा हुने खेल प्रत्यक्ष अवलोकन गराउने भएको छ।
कम्पनीले डिलरहरूका लागि तीन रात चार दिनको विशेष मुम्बई भ्रमण प्याकेज उपलब्ध गराएको जनाएको छ। उक्त प्याकेजअन्तर्गत काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा भोजनको व्यवस्था गरिएको छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलहरूको सिटी टुर तथा वानखेड़े स्टेडियममा हुने खेलको विशिष्ट टिकटसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।
डिलरहरूको उत्साह अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता प्रत्यक्ष अवलोकनको अवसर प्रदान गर्नु कम्पनीको बजार प्रवर्द्धन रणनीतिअन्तर्गतको विशेष पहल भएको बताइएको छ।
केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ। नेपालमा पनि “Most Trusted Brand in Nepal” का रूपमा स्थापित यस ब्रान्डले अत्याधुनिक प्रविधिबाट निर्मित वाटर प्युरिफायरमार्फत परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।
कम्पनीले यस्ता प्रोत्साहनात्मक कार्यक्रममार्फत आफ्ना व्यवसायिक साझेदारहरूसँगको सम्बन्ध थप सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।