बंगलादेशमा ३५ वर्षपछि कुनै पुरुष व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । सन् १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेदेखि हालसम्म त्यहाँ पुरुष प्रधानमन्त्री बन्ने अवसर पाएका थिएनन् ।
सन् १९९१ देखि २०२४ सम्म बंगलादेशको राजनीतिमा पूर्वप्रधानमन्त्रीहरू खालिदा जिया र शेख हसिनाको दबदबा रह्यो । यो क्रममा यी दुई नै पालैपालो प्रधानमन्त्री बने ।
सन् २०२४ मा विद्यार्थी आन्दोलनको बलमा हसिनाको सत्ता ढलेपछि मोहम्मद युनुसले सरकारको नेतृत्व गरे । तर उनले प्रधानमन्त्री नभएर ‘प्रमुख सल्लाहकार’ का रूपमा सरकारको नेतृत्व गरेका हुन् ।
शेख हसिना निर्वासनमा रहेको र उनको दललाई निर्वाचन लड्न प्रतिबन्ध लगाएर भएको निर्वाचनअघि नै खालिदा जियाको समेत निधन भएपछि बंगलादेशले नयाँ प्रधानमन्त्री पाउने भएको हो ।
निर्वाचन आयोगले २०२४ मा भएको विद्यार्थी आन्दोलनमा भएको हिंसामा अवामी लिगको प्रमुख भूमिका भएको भन्दै निर्वाचन लड्न प्रतिबन्ध लगाएको थियो ।