ओलीको घरदैलो अभियान तीव्र-आफूले गरेका काम मतदातालाई सम्झाउँदै

ओलीको घरदैलो अभियान तीव्र-आफूले गरेका काम मतदातालाई सम्झाउँदै

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफनो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् ।


ओलीको झापा क्षेत्र नं। ५ अन्तर्गत पर्ने सिमावर्ती पालिका गौरीगञ्जका विभिन्न कार्यक्रम र टोलमा पुगेर मतदाताहरुसँग भेट गर्ने कार्यक्रम रहेको एमाले निर्वाचन परिचालन समितिले जनाएको छ ।

ओलीको कार्यक्रम गौरीगञ्ज बहुमुखी क्याम्पसबाट सुरु हुने छ । सो कार्यक्रममा उनले करिव १ बजे सम्म रहने कार्यतालिका छ । त्यसपछि उनी मतदातासँग भेटका लागि विभिन्न पुग्नेछन् ।


पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तीमा पुगी मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ ।

त्यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्नेछ । शुक्रबारदेखि ओली आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।

शनिबार र आइतबार कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरे ।त्यस क्रममा स्थानीयले यस क्षेत्रको विकासका लागि ओलीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकी कामहरु पूरा गर्न आग्रह गरेका थिए ।

खबरपाटी
खबरपाटी