अमेरिकाले ग्रिनल्यान्ड लिने चर्चासँगै क्यानडा र फ्रान्सले खोले कूटनीतिक नियोग

अमेरिकाले ग्रिनल्यान्ड लिने चर्चासँगै क्यानडा र फ्रान्सले खोले कूटनीतिक नियोग

काठमाडौं । अमेरिकाले उत्तर अमेरिकी महादेशमा रहेको डेनमार्क अधिनस्त विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्यान्ड कब्जा गर्ने चर्चा आएसँगै फ्रान्स र क्यानडाले कूटनीतिक नियोग खोल्ने भएका छन् । 

 नेटोका २ सदस्यले राजदूतावास नभएर महावाणिज्यदूतावासको रुपमा कूटनीतिक नियोग खोल्ने भएका छन् । शुक्रबार फ्रान्सले खोल्ने निर्णय गरेको थियो भने शनिबार क्यानडाले खोल्ने निर्णय गरेको थियो । अमेरिकाको छिमेकी देश क्यानडासँग अहिले सम्बन्ध खराब छ । 

क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने ट्रम्पको धम्किले र व्यापार असहजताले क्यानडा बिच्किएको छ भने ग्रिनल्यान्ड कब्जा र युक्रेन संकटमा युरोपलाई सक्रिय साथ नदिएकोमा फ्रान्स अमेरिकासँग रुष्ट छ । आफ्नो रुष्टता फ्रान्स र क्यानडाले महावाणिज्यदूतावास खोलेर प्रकट गरेको देखिएको छ ।

खबरपाटी
खबरपाटी