वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
काठमाडौं । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसबीच हुने भनिएको महत्वपूर्ण त्रिपक्षीय वार्ता केही समयका लागि पछाडि सर्न सक्ने संकेत गरेका छन् ।
अमेरिकाको ध्यान हाल इरानसँगको तनावतर्फ मोडिएकाले यो वार्ता प्रभावित हुन लागेको हो ।
यस सप्ताहन्तमा आबुधाबीमा हुने भनिएको यो वार्तामा सबै पक्षको उपस्थिति अनिवार्य रहेको जेलेन्स्कीले बताए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि नै राष्ट्रपति ट्रम्पका विशेष दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नर यो सप्ताहन्तको बैठकमा सहभागी नहुने जानकारी दिइसकेका छन् ।
अमेरिकी प्रतिनिधिहरूको अनुपस्थितिले गर्दा यो वार्ता अन्य कुनै ढाँचामा अगाडि बढ्छ वा पूर्ण रूपमा रोकिन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।