निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराए

निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराए

काठमाडौँ - अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताए। मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्युन रहेको छ। 

उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए। 

उनले उम्मेदवारहरुको प्रारम्भिक नामावली मंगलवार साँझ ८ बजेभित्र सार्वजनिक हुनेसमेत जानकारी दिए।

खबरपाटी
खबरपाटी