रास्वपाबाट काठमाडौं–१० मा प्रदीप बिष्ट सर्वसम्मत रूपमा उम्मेदवार चयन

रास्वपाबाट काठमाडौं–१० मा प्रदीप बिष्ट सर्वसम्मत रूपमा उम्मेदवार चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० मा प्रदीप बिष्टलाई उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा चयन गरेको छ।

रास्वपा चन्द्रागिरि नगर समितिका सचिव मधुकर बस्नेतका अनुसार बिष्टले एक साता भित्र औपचारिक कार्यक्रम आयोजना गरी आफ्ना प्राथमिकताका एजेन्डासहित पार्टीको उम्मेदवारका रूपमा सार्वजनिक हुने तालिका तय भएको छ।

बिष्ट यसअघि पनि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाका उम्मेदवार थिए। उक्त निर्वाचनमा उनले ८ हजार ७ सय ३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।

रास्वपाले यसपटक काठमाडौं–१० मा संगठन सुदृढ गर्दै प्रतिस्पर्धात्मक रूपमा चुनावी मैदानमा उत्रने रणनीति लिएको बताइएको छ। पार्टीले बिष्टलाई स्थानीय स्तरमा लोकप्रिय र सक्रिय नेतृत्वका रूपमा प्रस्तुत गर्दै अभियान अघि बढाउने तयारी गरेको छ।

खबरपाटी
खबरपाटी