सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित

सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौँ - नेपाली कांग्रेसका सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।

राष्ट्रिय सभामा कोशी प्रदेशबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो। घिमिरे संखुवासभाबाट विराटनगर आउन ढिलो भएपछि थापा निर्विरोध भए ।

थापाले राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बन्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा दिएका थिए। उनी २०७९ चैत १६  गते राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका हुन्। त्यस वेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए। उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा-२ बाट प्रत्यक्षतर्फा चुनाव जितेका उनी २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रिपरषदमा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। उनी २०७७ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 

त्यसपछि २०७९ सालको निर्वाचनमा धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए। पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा हुन्। 

खबरपाटी
खबरपाटी