तोलामा २ हजारले घट्यो सुन

तोलामा २ हजारले घट्यो  सुन

काठमाडौं -  नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। 

आज सुन तोलामा दुई हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदी ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

खबरपाटी
खबरपाटी