तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
रूपन्देही – लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन्।
प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको विरोध गरेको भन्दै पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए।
आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्व आन्दोलन गरिरहेको छ।
मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भ्रत्सना गर्दै निःशर्त रिहाइको माग गरेको छ।