९ जनाले गरे १५ वर्षीय बालीका माथि बलात्कार प्रहरीमा किटानी जाहेरी

९ जनाले गरे १५ वर्षीय बालीका माथि बलात्कार प्रहरीमा किटानी जाहेरी

डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको जानकारी दिए । 

घटना करिब ६ महिना अगाडिको हो । ‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,’ उनले भने,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिनुभएको छ ।’  जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए । 

एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ ।  फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।

खबरपाटी
खबरपाटी