राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता

राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति लामिछाने बिच भेटवार्ता

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ।

दुई नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । सोही भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको बारेमा छलफल भएको र दुई दलका आपसी विषयमा पनि संवाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।

यसअघि अध्यक्ष लिङदेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो।

खबरपाटी
खबरपाटी