वाशिङ्टन डीसीमा अमेरिकी विमान र हेलिकप्टर आकाशमै ठोक्किँदा ठूलो दुर्घटना
१७ माघ २०८१, बिहिवार
एजेन्सी – अमेरिकी सेनाको भेनेजुएलामा गरेको आक्रमणमा परी करिब ४० जनाको मृत्यु भएको छ।
न्युयोर्क टाइम्सले जनाएको शनिबार अमेरिकाले भेनेजुएलाको राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । अमेरिकी सेनाले उनीहरुलाई न्यूयोर्क पुर्याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताउनुभएको थियो ।
तर न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्ट अनुसार अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरुको मृत्यु भएको छ।