आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ २३ र २४ गते भएका घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।
आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा छानबिन गरिरहेको आयोगले आज तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिएको हो । आयोगले यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहसहित एक सय ४६ जनासँग बयान लिइसकेको छ ।
यसैबीच भदौ २३ र २४ गते भएका घटनाबारे बुझ्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि ओलीलाई पत्र पठाएको छ । आयोगको टोलीले गुन्डुमा रहेको ओली निवासमै पुगेर पत्र बुझाएको हो ।
पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ । तत्कालीन गृहमन्त्री रमेश लेखकसँग गएको बुधवार बयान सकेको आयोगले अब तत्कालीन प्रधानमन्त्री ओलीसँग मात्र बयान लिन बाँकी छ ।