आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – पुस १४ गतेदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १ सय १० रुपैयाँले बढेको छ ।
आज सुनको भाउ ताेलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।
महासङ्घका अनुसार चाँदी आज ताेलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४ सय १५ रुपैयाँ थियो ।